६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

गाैर नगरपालिकाको मतगणना गर्न हालिएको तारबार। भित्र मतपट्टि मगणना हुनेछ, दलका प्रतिनिधि बाहिर रहनेछन्। तस्विरः मदन ठाकुर

रौतहट— रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

बुथ प्रतिनिधिले मतपत्र छुन नपाउने

मतपत्रको सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राख्दै ताराबार गरिएको हो। मतपत्रको सुरक्षा हाम्रो प्राथमिकताको विषय हो', सुवेदीले भने।

मतगणनालाई सुरक्षित पार्न निर्वाचन कार्यालयले कडा सुरक्षा अपनाएको छ। जिल्ला सहायक निर्वाचन अधिकृत कीर्तिराज सुवेदीका अनुसार मतगणना हुने ठाउँ र दलका निर्वाचन प्रतिनिधि बस्ने ठाउँबीचमा तारबार हुनेछ। बुथ प्रतिनिधिले मतपत्र छुनसम्म पाउने छैनन्। गणना भएको मतको उनीहरुले टाढै बसेर रेकर्ड मात्र राख्नेछन्।

सिसीटिभी क्यामेराको निगरानी भए पनि मतपत्रको सुरक्षालाई ध्यानमा राख्दै ताराबार गर्नुपरेको उनले बताए। 'मतपत्रको सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राख्दै ताराबार गरिएको हो। मतपत्रको सुरक्षा हाम्रो प्राथमिकताको विषय हो', सुवेदीले भने।

गत स्थानीय निर्वाचनमा हार्ने निश्चित भएपछि भरतपुर महानगरपालिकामा माओवादीले चलाखीपूर्ण तरिकाले पुनःमतदान गराएर विजय हात पारेको थियो। पुष्पकमल दाहाल पुत्री रेणुले निर्वाचन हान्ने निश्चित भइसकेपछि माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। त्यसपछि तत्कालीन चितवनका मुख्य निर्वाचन आयुक्त कवीराज न्यौपानेले पिसाब फेर्न गएको बेला मतगणनास्थललाई रणभूमितुल्य बनाएको बयान दिएका थिए। निर्वाचन आयोगले पुनःमतदान गर्न निर्णयपछि मतदान हुँदा दाहालले झिनो अन्तरले विजयी हाँसिल गरेकी थिइन्।

भरतपुरमा भएजस्तो गैरलोकतान्त्रिक घटना दोहोरिन नदिन निर्वाचन आयोगले सजगता अपनाएको हो। राैतहटका स्थानीय तहको मतगणना तीन तहको सुरक्षाघेरामा हुने प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले नागरिकन्युजलाई बताए।

प्रकाशित: २ आश्विन २०७४ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App