बागमती प्रदेश सभाको आजको लागि तय भएको बैठक भोलि बस्ने भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण भोलि बिहान ११ बजेका लागि तय गरिएको हो।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिवारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।
प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।
प्रकाशित: २९ भाद्र २०८० ०४:५६ शुक्रबार