९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनको लागि सीमा सिल

महोत्तरी- स्थानीय तहको दोस्रो चरणको चुनावका लागि भारतको सिमातमढी र मधुवनि जिल्लासंग जोडिएको महोत्तरीको सीमा सिल गरिएको छ। भारत र नेपालको सुरक्षा निकायसंगको समन्वयमा ७२ घण्टा(तीन दिन)को लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।

महोत्तरीमा कामय रहेको १५ स्थानीय तह मध्ये पाँच वटा स्थानीय निकायको सीमा भारतीयसंग जोडिएको छ।

मटिहानी नगरपालिका , जलेश्वर नगरपालिका , मनरासिस्वा नगरपालिका ,सम्सी गाउँपालिका र सोनमा गाउँपालिका गरि पाँच स्थानीय तह अन्तर्गत पर्ने ३८.४ किलोमिटर सीमा सिल गरिएको हो। 

निस्पक्ष, धाँधली रहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि भदौ ३१ गते शनिबार विहान ७ वजे देखि  असोज २ गते साँझ ७ वजे सम्मका लागि नेपाल भारत सीमा सिल गरिएको प्रजिअ श्रेष्ठले बताए।

‘स्थानीय चुनावमा खुल्ला सीमाको फाईदा उठाउँदै अपराधिक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखि सीमा सिल गरिएको छ ’  प्रजिअ श्रेष्ठले भने ‘ सिमासिल भएको अवधिमा कुनै कसैलाई पनि सिमावर्ती क्षेत्र भएर आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ। ’

सीमासिल गरिएपछि शनिबार विहानै देखि महोत्तरीको सिमावर्ती क्षेत्र भएर सवारी साधान अवागमन पूर्णरुपमा ठप्प भएको छ। 

सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नेपाल भारतको सुरक्षा निकायको संयुक्त गस्ती टोलि समेत परिचालन गरिएको , सीमावर्ती नाकामा सघन चेकजाँच कार्यलाई तिव्रता दिइएको र हातहतियार भित्रन नदिन विशेष निगरानी टोली परिचलान गरिएको प्रजिअ यादवले जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०७४ १४:२८ शनिबार

स्थानीय तह निर्वाचनको लागि सीमा सिल