४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्ता छन् कलैयाका चुनावी अजेन्डा

रोजगारीदेखि सिंचाइसम्म मेरो प्राथमिकता

राजेश राय यादव, नेपाली कांग्रेस

मधेसमा बसोबास गर्ने समुदायलाई राज्यबाट अधिकार दिलाउने पक्षमा कुनै  भेदभाव नगरी पटकपटक अवाज उठाउने पार्टी कांग्रेस नै रहेको जनताले बुझेका छन् ।

देशलाई कांग्रेसले जसरी सम्प्रदायिक तत्वबाट जोगाएर अगाडि बढाउने काम गरेको छ, त्यसरी नै कलैया उपमहागरपालिकालाई कांग्रेसले नै विकसित र व्यवस्थित गर्ने कुरामा यहाँका जनता विश्वस्त छन् ।

नगरक्षेत्रका युवालाई रोजगर, वृद्ध वृद्धालाई औषधि उपचारको, किसानको लागि सिंचाइ, विद्यार्थीलाई राष्ट्रियस्तरको शिक्षा पाउने व्यवस्थाको साथसाथै महिलाकोे सुरक्षाको व्यवस्था गर्नका लागि जनताको सेवककारूपले काम गर्नेछु ।

युवालाई रोजगारीको व्यवस्था गर्न सीपमूलक कार्यक्रम सञ्चालन, वृद्ध वृद्धालाई औषधि उपचारको लागि कलैया अस्पताललाई स्तरोन्नति गरी २४ औं घण्टा बिशेषज्ञ डाक्टरको व्यवस्था, नगरक्षेत्रको नजिक रहेको खोलानालामा बाध बाँधेर वा गाउँगाउँमा विधुत्को व्यवस्था गरी बोरिङ्गबाट सिंचाइको व्यवस्था,  सरकारीस्तरमा सञ्चालनमा रहेको शैक्षिक संस्थामा राम्रो शिक्षकको व्यवस्था गरी ती शैक्षिक संस्थाबाट नै राष्ट्रियस्तरको शिक्षा विद्यार्थीले पाउने व्यवस्था गरिने छ । सफा, हराभरा सहर बनाउनुका साथसाथै बजेट रकमको सही सदुपयोग गर्नका लागि भ्रष्टचार नियन्त्रणमा कडारूपले प्रस्तुत कदम चलिने छ ।

पहिलादेखि नै बजारक्षेत्रका सडक राम्रो अवस्थामा मात्रै रहेको र ग्रामिण भागको सडक र नालाको अवस्था दयनीय रहेको छ ।

उपमहानगरपालिकाको ७० प्रतिशत भन्दा बढी जनता बसोबास गर्ने ग्रामिण भागका सडक ग्राभेल मात्रै रहेकोमा ती सडकलाई स्तरोन्नती गरी नालासहित कालोपत्रे  गरिनुपर्छ । कांग्रेसले जनताको चहाना अनुसारको उम्मेदवार चुनावी मैदामा उतारेकाले म विजयी बनाउने विश्वास गरेको छु ।

 

विश्वविद्यालय र युवालाई रोजगारी

मुकेस साह, माओवादी केन्द्र

यस क्षेत्रको शैक्षिक अवस्था सुधार्न नगर क्षेत्रका एउटा कलैया विश्वविद्यालय स्थापना गर्न पहल गर्ने छु ।

युवालाई रोजगारी दिन लागि कलैया उपमहानगरपालिकको २७ वटै वडामा एक वडा एक साना उद्योगको खोल्न लगाएर युवालाई रोजगारको व्यवस्था गरिने छ ।

२७ वटै वडामा सडक सञ्जाल विस्तार गर्ने नगरसभाको व्यवस्था, लामखुट्टेरहित नगर, हाटबजारको व्यवस्थापन, यातायात व्यवस्थापन, चक्रपथ निर्माण, फोहर व्यवस्थापन गरिने छ ।

सबै वडामा अन्तिम संस्कारका लागि कब्रस्तान र घाटको व्यवस्था, नगरको साँघुरो बाटोलाई फराकिलो पार्नुको साथै वडाका मुख्य बाटो कालोपत्रे र सहायक बाटो ढलान गरिने छ । नगर क्षेत्रको मठ मन्दिर व्यवस्थित गरी पर्यटकीय स्थलका रूपमा विकसित गरिने छ । उपमहानगरपालिकाको जनताले परिर्वतन चाहेकाले परिर्वनकै लागि जनताले मलाई भोट दिएर विजयी बनाउने विश्वास छ ।

 

आधुनिक र सुविधा समपन्न नगर

प्रमोद गुप्ता, समाजवादी फोरम, नेपाल

कलैया उपमहानगरपालिकाको सबै क्षेत्रमा परिर्वतनको अवश्यकता रहेको जनताहरुको चाहना रहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी तथा सरसफाइ, सडक, नाला तथा फोहर व्यवस्थापन गरी कलैयालाई आधुनिक तथा सुविधा सम्पन्न शहर बनाउन कार्यमा खटिने छु ।

नगरमा अंग्रेजी माध्यम र कम्प्युटर शिक्षाका साथै गुणस्तरीय शिक्षाको अभाव रहेका कारण त्यसको व्यवस्था मिलाउनु पर्छ ।

प्राविधिक शिक्षामा जोड दिइनुका साथै स्वास्थ्य र यातायात क्षेत्रमा सुधार गरी परिस्कृत बनाउने कार्य नगर क्षेत्रमा जरुरी देखिएको छ । 

नगरबासीको सुविधाका लागि कलैयामा सुविधा सम्पन्न चक्रपथ निर्माण, नगर बस संचालन  गरिनु जरुरी देखिएको छ ।

कलैया अस्पताललाई तीनसय वेडको बनाएर त्यसमा बिशेषज्ञ डाक्टरको व्यवस्था, ट्राफिक तथा फुटफाथ व्यवस्थापन, बजार व्यवस्थापन गर्नुपर्छ ।

एमाले, माओवादी र कांग्रेसले मधेसी माथि गरेको दमनलाई बदला लिनको लागि मेरो उम्मेदवारी परेको छ । नगरक्षेत्रका जनताले मधेस आन्दोलनमा भएको दमन विरुद्ध बुलेटको बदला लिनलाई पनि मलाई नै भोट दिने विश्वास गरेको छु ।

विकास मुख्य अजेन्डा

विनोद साह, नेकपा एमाले

कलैया उपमहानगरपालिकामा विकासको गति बढाउन तीव्रता दिइने छ । जनाताले स्थानीय निकायबाट प्राप्त हुने  सेवा सुविधा लिँदा कर्मचारीबाट पीडित बन्दै आएको र विकास निर्माणमासमेत प्रगति नभएको आम जनताको बुझाइ छ ।

नगर क्षेत्रका जनतालाई अवश्यक पर्ने बाटोघाटो, सुविधा सम्पन्न अस्पताल, उच्चशिक्षाको व्यवस्था, हराभरा नगर बनाउनका लागि बृक्षरोपणलाई प्राथमिकता लगायतमा मेरो प्राथमिकता रहेको छ ।

एमाले पार्टी गरिब र सर्वहाराको पार्टी भएको जनताको बुझाइ रहेको र गरिब र सर्वहारा वर्गले भोट दिएर मलाई विजयी बनाउने विश्वास छ ।

प्रस्तुति : उपेन्द्र यादव

प्रकाशित: २९ भाद्र २०७४ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App