५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वीपीको विचारमा न्याय र रुपान्तरण छ: सहमहामन्त्री उपाध्याय

फाइल तस्वीर

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन्।

मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन्। आइतबार ११०औं वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन्।

‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको/भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो’, सहमहामन्त्री उपाध्यायले भनिन्।

वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्दर्भिक हुने उनले बताइन्। वीपीका विचार र व्यवहारका प्रभाव युगौं युगसम्म रहने उल्लेख गर्दै उनले पार्टीले उनका विचार र सिद्धान्तलाई भुल्न नहुने बताइन्।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताइन्।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद् लीलादेवी बोखिम, पार्टीका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ लगायतले आआफ्ना धारणा राखेका थिए।

प्रकाशित: २५ भाद्र २०८० ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App