१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

क्षेत्र निर्धारणप्रति एमालेको आपत्ति

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति असन्तुष्टि व्यक्त गरेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सत्तारूढ दलको प्रभावमा परी स्वतन्त्र रूपमा काम गर्न नसक्दा विभिन्न जिल्लामा असन्तुष्टि देखिएको एमालेले जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दीर्घकालीन महŒव रहेको क्षेत्र निर्धारण आयोगले जसरी स्वतन्त्र रूपमा काम गर्नुपर्ने थियो त्यो नसकेको बताए । ‘आयोगले विभिन्न तथ्यांकका आधारमा जसरी काम गर्नुपर्ने थियो त्यो गर्न सकेको देखिएन । दीर्घकालीन महŒवको काममा सत्तारूढ दलको छाया देखियो,’ भट्टराईले नागरिकसँग भने, ‘क्षेत्र निर्धारण गर्दा स्वतन्त्र र विवेकसम्मत् रूपमा काम गर्न सकेको पाइएन । विभिन्न जिल्लाबाट असन्तुष्टि आएको छ ।’ भट्टराईले शनिबार बस्ने स्थायी कमिटी बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने बताए । 

आयोगले प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका तीन सय ३० निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रतिवदेन बुझाएको थियो । आयोगले जनसंख्यालाई प्रमुख आधार बनाएर क्षेत्र निर्धारण गरिएको जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको विभाजन स्थानीय पुनर्संरचना र संघीयताको मर्मविपरीत रहेको बताए । ‘अहिलेको क्षेत्र निर्धारण जुन रूपमा गरिएको छ त्यो गलत सिद्धान्तमा आधारित छ । महानगरपालिकाको कुरा फरक होला तर गाउँपालिका तथा सानो नगरपालिकामा समेत विभाजन गरिएको छ,’ पोखरेलले भने, ‘यो स्थानीय तह पुनर्संरचना र संघीयताको भावनाविपरीत छ ।’

प्रकाशित: १६ भाद्र २०७४ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App