२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताएका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताएका हुन्।

उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताए। संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको उनको भनाइ छ। उनले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ? भनेर प्रश्न गरे। उनले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गरे।

उनले भने, ‘अवरोध भइरहेको छ संसद तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ। राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ। प्रतिनिधि सभामा सभामुखको हुन्छ। मैले त्यो अवरोध हटाउनको निम्ति भुमिका खेलेको जस्तो महशुस गर्न सकिन। यद्यपी मैले थाहा नपाएर पनि त्यो हुनसक्छ। यद्यपी सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु। सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन। प्रतिनिधि सभाको निम्ति सभामुख हो। तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो। हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरुलाई दिन चाहान्छौँ? समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर हामीले संकल्प गरेका छौँ र जनताको बहुदलिय जनवादलाई मान्नेहरुले संकल्प गरेका छन्। के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो? यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो? जे मन लाग्यो त्यही गरेको छ। जसलाई जे मन लागेको छ त्यही बोलेको छ। नियम चाहिँदैन। संविधान चाहिँदैन। केही पनि चाहिँदैन। जस्तोसुकै बोलेको छ, र संसद अवरोध गरेको छ। कसैलाई मन लाग्यो संसद अवरोध। जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मानेर आउनेहरुले नै आज संसद अवरोध गरिराखेको छ। के जनताको बहुदलिय जनवादको सिद्धान्तले भन्छ?’

प्रकाशित: ५ भाद्र २०८० ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App