१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ। सोमबार पार्टी अध्यक्ष केपी ओली निवासमा बसेको बैठकले यो फैसलाले भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको जनाएको छ।

'यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ', प्रचार विभाग प्रमुख योगेश भट्टराई द्वारा जारी विज्ञप्तीमा भनिएको छ।

भरतपुर मतगणना विवादबारे सर्वोच्चले आइतबार फैसला गर्दै पुन मतदान गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार सर्वोच्चमा परेको रिट खारेज गर्दै यस्तो आदेश दिएका थिए।

भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतपत्र गणनाका बेला च्यातिएपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गराउने निर्णय गरेको थियो।

 

प्रकाशित: १६ श्रावण २०७४ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App