२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको संसद् अवरोध सत्ताबाहिर बस्नुपर्दाको छटपटी: मन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यक रूपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन्। बिहीबार जनकपुरधाममा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा सत्ता साझेदार कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले एमालेको संसद् अवरुद्ध सत्तामा जान छटपटी भएको बताएका हुन्।

एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको देखियो भन्दै मन्त्री महतले भने, ‘समयसमयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता देखाउनु राम्रो होइन।’

जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसंगत हुन सक्दैन,’ उनले भने।

प्रतिपक्षी दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्छ भन्दै उनले थपे, ‘नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई पनि छैन।’

एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको देखियो भन्दै मन्त्री महतले भने, ‘समयसमयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता देखाउनु राम्रो होइन।’

संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि रोकिएको उल्लेख गर्दै मन्त्री महतले बताए ‘एमाले अवरोधका कारण कैयौं महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल हुन नसकी रोकिएका छन्।’

‘कतिपय ऐनहरू सरकारले संघीय संरचनाअनुसार परिमार्जित गर्नुपर्ने छ। संघीय व्यवस्थालाई बलियो बनाउँछौं। धेरै कानुनी विधेयक संसद्मा प्रस्ताव गर्ने तयारीमा सरकार लागेको छ। तर प्रतिपक्षी दल एमालेले संसद्मा छलफल गर्न दिएन। हरेक पटक केही न केही बहानामा संसद्लाई बन्दी बनाइराख्यो भने यी कुरा अगाडि बढ्दैनन्,’ अर्थमन्त्री महतले भने। संसद् भनेको समसामयिक विषयमा सघन रूपमा छलफल गर्ने, ऐन कानुन बनाउने थलो भए पनि त्यस्तो बन्न एमालेले नदिएको उनले बताए।

कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद् अवरुद्ध गर्ने काम नगरेको अर्थमन्त्रीको दाबी थियो। नेपाली कांग्रेस जब विपक्षमा थियो। कहिल्यै पनि अनावश्यक रूपमा संसद्लाई अवरुद्ध गर्ने काम गरेनौं,’ उनले भने, ‘जे कुरा हो संसद्भित्रै राख्ने हो। संसद्भित्रै बहस गरेर निष्कर्ष निकाल्ने हो। सहज रूपमा सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो। सांसदले जसलाई बहुमतले सरकार बनाउन दिन्छन्, त्यसलाई सहज रूपमा स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘सरकारमा नहुनेबित्तिकै त्यसलाई असहज बनाउने र सरकारभन्दा बाहिर बस्न सकिँदैन भन्ने न्यारेटिभ बनाउनु राम्रो भएन।’

मन्त्री महतले आर्थिक स्रोत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको बताए।

‘आर्थिक स्रोतको अपर्याप्तताले यसपालि सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रूपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो,’ उनले प्रस्ट्याए।

मन्त्री महतले कोसी–मरिन डाइभर्सनमार्फत मधेसलाई समृद्ध गर्नेतर्फ लागेको बताए। उनले तराई मधेसका हरेक क्षेत्रमा पानी पुग्यो भने सय गुणा उत्पादन बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘मधेसका जनताको समस्या सामाधान गर्नमा सरकार गम्भीर छ।

मन्त्री महतले आर्थिक स्रोत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको बताए।

‘मधेसमा दशकौंदेखि व्याप्त नागरिकताको समस्या नेपाली कांग्रेसकै बुताबाट सम्भव भयो,’ मन्त्री महतले भने, ‘मधेसको नागरिकता समस्या अरू कसैबाट पार लाग्नेबाला थिएन। एमालेले अल्मल्याएको कुरा सबैलाई थाहै छ। अरू मधेसी दलरूबाट पनि पार लाग्नेवाला थिएन।

प्रकाशित: १ भाद्र २०८० ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App