४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैनः ओली

फाइल तस्बिर

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन्।

दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई थियो।

नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहो¥याए। उहाँले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरु भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए। अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हित हरेक देशले सोच्छ। राष्ट्रिय हित सोच्दाखेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हीतको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदाखेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ। आफ्नो हित गर्ने, अरुको हित जेसुकै होस्। आफ्नो हीत गर्ने, न्याय जहाँसुकै परोस्। त्यस्तो होइन। हामी सदैव न्यायको पक्षमा छौं। हामी सदैव समानताको पक्षमा छौं। पारस्पारिक लाभ र सम्मानको पक्षमा छौं। र, सम्बन्धलाई साँच्चैको मित्रताको रुपमा अगाडि बढाउन चाहन्छौं। हाम्रो टे«डिशन के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिव? को कृष्ण, को सुदामा? त्यो भेद रहेन। दुवैले अंकमाल गरेँ। हो, त्यो प्रकारको फ्रेन्डसीप हुन्छ। त यहाँनिर प्रश्न कृष्ण र सुदामाको छैन। हाम्रा बीचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरुको हो। प्रकृतिले दिएका मित्रहरु, इतिहासले बनाएका मित्रहरु र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरैतिनो घचपच भएपनि यस सम्बन्धलाई स्थायी रुपमा सधैंका लागि कसैले पनि बिगार्न सक्दैन। किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो। यो समाजले बनाएको सम्बन्ध हो। यो इतिहासले बनाएको सम्बन्ध हो। यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो। त्यसकारण यो बिगार्नै नसक्ने खालको सम्बन्ध हो। अब यसलाई खटपट हुन दिनु वाञ्छनीय हुँदैन।’

प्रकाशित: ३१ श्रावण २०८० १३:२१ बुधबार

केपी शर्मा ओली