२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद चल्दैन, मात्र ‘बार्गेनिङ’ चल्छ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफललाई लिएर आक्रोश पोखेका छन्।

प्रतिनिधिसभाको बैठक रोक्दै नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा बसेपछि सामाजिक संजाल मार्फत लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै गएको टिप्पणी गरेका हुन्।

‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद।।’ उनले भनेका छन्। 

प्रकाशित: २२ श्रावण २०८० १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App