५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

केन्द्रीय समितिको निर्णय सुनाउने बैठकमा जंगिए पार्टी सभापति शेरबहादुर देउवा

पार्टीका महामन्त्री  विश्वप्रकाश शर्माले पार्टीका निर्णयहरु सुनाइसकेपछि सहभागी केही केन्द्रीय सदस्यहरुले धेरै प्रस्तावहरु निर्णयमा छुटेको जानकारी गराएपछि शेरबहादुर देउवा जंगिए।

‘प्रस्तावको कपी यहाँ ल्याउ। मलाई ल्याउ, यहाँ मलाई ल्याउ। शेरबहादुर भन्ने मान्छेलाई चिनेको छैन। ल्याउ त भने प्रस्ताव’,उनले महामन्त्रीले निर्णय सुनाउँदा महत्वपूर्ण प्रस्ताव निर्णयमा छुटेको र कतिपय आफु अनुकुल लेखेको भन्दै आक्रोशित भएका हुन्।

विशेषगरी पार्टी प्रवक्ता डा. प्रकाशसरण महतले निर्णयमा ‘अनुगमन समितिमा महामन्त्रीले नियुक्ती गर्ने’ भन्ने बिषय उल्लेख गरेकोप्रति आपत्ति जनाएपछि महतकै पक्षमा निर्णय लेख्नहरुप्रति देउवा बढी आक्रोशित भएका हुन्।

सभापति देउवाले डा. महतको आपत्तिपछि भने, ‘आफैले थपेको? मसँग सल्लाह गरेर गर्नुप¥र्यो। उसले (डा.महत)ले भनेको कुरा राख्नुपर्‍याे नी। उसको कुरा सुन्नुहोस न।’

पार्टी प्रवक्ता डा. महतले पार्टीकै खिलापमा सामाजिक सञ्जालमा गाली गलौज गर्नेलाई कारवाही गर्ने कुरा प्रस्ताव गरिएको तर निर्णयमा नआएकोमा आपत्ति जनाए।  ‘त्यो आएन कसरी छुट्यो त्यो ? पार्टी र पार्टी नेतृत्वका खिलापमा नेपाली कांग्रेसका वेभपेज दुरुपयोग गर्ने काम बन्द गर्ने र कारवाही गर्ने प्रस्ताव थियो’, उनले भने।

प्रकाशित: १० श्रावण २०८० १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App