५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता कुट्ने प्रहरीलाई निलम्बन माग

कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्रै कुटपिट गरी घाइते बनाउने प्रहरीलाई निलम्बन माग गर्दै बिहीबार पनि कलैयामा प्रदर्शन गरिएको छ। प्रहरी कार्यालयभित्र कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रूपेश साहलगायत प्रहरीलाई निलम्बनको माग गर्दै नेपाली कांग्रेस र नेकपा एसका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियार र महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको नेतृत्वमा नेपाली कांग्रेस बाराको पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले डिएसपी पाण्डे र इन्स्पेक्टर साहलाई निलम्बाको माग गर्दै कलैयाको विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेको थियो। सवारी दुर्घटनामा घाइतेलाई उपचार खर्च दिलाउन जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छलफलमा पुगेका कांग्रेस बाराका सचिव यादवलाई मंगलबार बेलुका प्रहरी निरीक्षक साहलगायत प्रहरीले कुटपिट गरेर घाइते बनाएपछि प्रहरीविरुद्ध आन्दोलित हुनुपरेको नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए।

प्रकाशित: ५ श्रावण २०८० ०१:३३ शुक्रबार

कांग्रेस नेता कुट्ने प्रहरीलाई निलम्बन माग