९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन उपयोग गर्न राजपालाई डा.भट्टराई र यादबको सल्लाह

काठमाडौं— नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले चुनाब बिथोल्ने निर्णयमा पुगेको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाललाई 'चुनाबको उपयोग' गर्न सल्लाह दिएको छ।

दुवै नेताहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, 'देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्‍याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं।'

पहिलो चरणको निर्वाचनमा तालमेल गरेका दुवै दलबीचको गठबन्धन दोस्रो चरणमा पनि कायमै रहने विज्ञप्तिमा उल्लेख छ। मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जाने सहमति दुई पार्टीबीच भएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७४ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App