९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राजविराज – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्। 

प्रेस मञ्च नेपालद्वारा शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै केही मधेसवादी नेता र मधेसवादी राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप लगाए। 

सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताए। रासस 

प्रकाशित: २७ जेष्ठ २०७४ ०७:३५ शनिबार

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन  महतो