१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छः सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गरेका छन्। 

आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गरेका हुन्।

उनले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडी बढ्ला भन्नेकुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गरे। उनले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताए।

उनले भने, ‘यसमा सरकारलाई आर्थिक दायित्व नपर्ने र लिबरल आर्टलाई अलि नयाँ ढंगले पढाउँछौँ भनेर आउनुभएको छ भने लिबरल आर्ट जरुरी छ। किनभने अहिले लिबरल आर्ट भनेको डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ। आर्टको केही पक्ष पढाउनुपर्छ। किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन। मानविय हुनुपर्छ। मानविय बनाउने विषय लिबरल आर्ट हो। त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ। तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडी बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडी बढ्ला अलिकती शंका गर्ने ठाउँ छ।’  

प्रकाशित: ३१ असार २०८० १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App