२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले खोटाङमा उम्मेदवार सार्वजनिक गर्‍यो

खोटाङ– स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवारी सार्वजनिक गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि एमाले नगर कमिटिले आईतबार दिक्तेलस्थित पार्टी कार्यालयमा घोषणा कार्यक्रम गरेर औपचारिकरुपमा मेयर/उपमेयर, वडाअध्यक्ष र वडा सदस्यको उम्मेदवार सार्वजनिक गरेको हो। एमाले नगर कमिटिका संयोजक नारायणप्रसाद जोशीले नगरपालिकाभित्रका मेयर र उपमेयरसहित ७७ जना उम्मेदवारको उम्मेदवारी सार्वजनिक गरेका हुन्।

एमालेले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दिपनारायण रिजाल र उपमेयरमा बिणादेबी राईलाई टिकट दिएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१ मा राजनप्रसाद आचार्य, २ मा हर्क खत्री, ३ बाम्राङमा निरबहादुर राई, ४ मा डिल्लीकुमार राई, ५ मा तेजप्रसाद अधिकारी, ६ नेर्पामा लोकेन्द्र राई, ७ दोर्पाचिउरीडाँडामा दिलचक्र राई, ८ दोर्पाचिउरीडाँडामा लिला चौहानलाई वडाध्यक्षको टिकट दिइएको एमालेले जनाएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा हर्कराज राई, १० पाथेकामा घमण्डप्रसाद गिरी, ११ खार्मीमा हर्कराज राई, १२ जालपामा कुबिर राई, १३ नुनथलामा दिनेश सामपाङ, १४ बुईपामा दिनेश राई र १५ बिजयखर्कमा बिरेन्द्र ढकालललाई वडाध्यक्षमा उठाइएको एमाले नगर कमिटिले सार्वजनिक गरेको छ । उम्मेदवारी सार्वजनिक लगत्तै एमालेले सदरमुकाम दिक्तेलमा ¥याली निकालेको थियो।

प्रकाशित: २१ जेष्ठ २०७४ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App