आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक भोलि मंगलबारका लागि सारिएको छ।
आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गर्नुभएको हो।
प्रकाशित: २५ असार २०८० ०५:५२ सोमबार