१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

हेटौँडामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा

अशोक सुजन श्रेष्ठ

हेटौँडा- एमालेले २ पटक लगातार जितेको हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मतगणनाको शुरुमा एमालेले अग्रता लिएपनि पालैपालो अग्रता लिने क्रम जारी छ।

१९ वडा रहेको हेटौँडाको १६ वडाको मत गन्दा मेयरमा कांग्रेसका आनन्दराम पराजुलीले १९ हजार ४ सय ९६ ल्याएका छन् । त्यस्तै, एमालेका हरिबहादुर महतले १९ हजार ३ सय ५४ मत पाउँदा राप्रपाका मधु अधिकारीले ६ हजार १ सय ३५ मत ल्याएका छन् ।

अहिले हेटौँडा वडा नम्बर ९ र १० को मतगणना भइरहेको छ भने ११ को मत गणना गर्न बाँकी छ।

२०४९ र २०५४ मा भएको स्थानीय निकायको चुनावमा एमालेले जितेको थियो । मकवानपुरको निर्बाचन क्षेत्र नम्बर ३ (तत्कालिन हेटौँडा नगरपालिका र गाभिएको चुरियामाई र पदमपोखरी गाबिस)बाट पनि एमालेले संबिधान सभाको दोश्रो निर्बाचनमा जित हासिल गरेको थियो । ११ वडा रहेको नगरपालिकामा आसपासमा पाँच गाबिसलाई समेटेर उपमहानगरपालिका बनाईएको हो ।

उपमेयरमा भने एमालेकी मिना लामाले शुरु देखि नै अग्रता लिएकी छिन् । ४ हजार ८ सय ७२ मत अगाडी रहेकी उनले हालसम्म १९ हजार ५ सय २१ पाएकी छिन् । माओवादी केन्द्रका बलराम बलले १४ हजार ६ सय ४९ पाएका छन् । राप्रपाकी ईन्दिरा न्यौपाने ६ हजार ९ सय २६ मत पाएकी छिन् ।

हालसम्म एमालेले हेटौँडाको २, ३, ४, ७, ८, १३, १७, १८, १९ गरि ९ वडामा बिजय हासिल गरेको छ । त्यस्तै, काँग्रेसले १, ५, ६, १५ र १६ गरि ५ वडामा र माओवादीले १२ र १४ गरि २ वडामा बिजयी भएको छ ।

हेटौंडामा कांग्रेस–माओवादी केन्द्रले तालमेल गरे अनुसार काँग्रेसले मेयर र माओवादीका उपमेयर उम्मेदवार मैदानमा छन् भने एमाले एक्लै प्रतिष्पर्धामा छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App