२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

शंखरापुरापुर नगरपालिकामा एमालेको अग्रता, माओवादी दोस्रो

काठमाडौं— काठमाडौको शंखरापुर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। एमालेका मेयर उम्मेदवार सुर्वण श्रेष्ठ २७४८ मतसहित अग्र स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृण्णराज सुवेदी १९२६ मतसहित दोस्रो स्थानमा छन्।

एमालेका मेयर उम्मेदवार सुर्वण श्रेष्ठ २७४८ मतसहित अग्र स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृण्णराज सुवेदी १९२६ मतसहित दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका शंकर तिवारी १७९१ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी सुकलक्ष्मी श्रेष्ठ१५७२ मतसहित पहिलो स्थानमा छिन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी इच्छामाया तामाङले १३४६ मतसहित दोस्रो स्थानमा छिन्। नेपाली कांग्रेसकी मञ्जु खड्काले ८११ मत प्राप्त गरेकी छिन्।

शंकरापुर नगरपालिकाका निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार दुई वटामा वडामा मत गणना हुन बाँकी छ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०६:४८ बुधबार

शंखरापुरापुर नगरपालिकामा एमालेको अग्रता माओवादी दोस्रो