४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पर्वतको मोदीमा मतगणना स्थगित

पर्वत – पर्वतको मोदी गाउँपालिका २ को मतपरिणाममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । काँग्रेसले जितेको एक वडा सदस्य भएपनि सबै एमालेले जितेको घोषणा गरिएको भन्दै काँग्रेसको बिरोधपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । 

‘मतगणनाका टिप्ने क्रममा मिस्टेक हुँदा काँग्रेसको सदस्यलाई बढी मत देखियो तर सबै जोड्दा एमालेले सबै जितेको देखियो’ शर्माले भने–‘विवाद भएपछि मत गन्न रोकेर राजनीतिक दलहरुबीच बैठक बस्ने तयारी गरेका छौ ।’ उनले पुनः मत गन्ने की त्यसैलाई मान्यता दिने भन्ने बिषयमा कुनै निर्णय नगरेको बताए।

यता नेपाली काँग्रेसले भने वडाअध्यक्ष र तीन सदस्य एमालेले जितेपनि एक सदस्य काँग्रेसले जितेको दाबी गरेको छ । काँग्रेसले निर्वाचन अधिकृतकै मिलेमतोमा धाँधली भएको आरोप लगाएको छ । यो वडामा अध्यक्षमा एमालेका विकास तिमिल्सिना ७१४ मतसहित विजयी भएका छन् । 

प्रकाशित: २ जेष्ठ २०७४ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App