२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वर्तमान सरकार गरिब जनताको पक्षमा काम गर्न सक्दैन: प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका हुन्।

कार्यबहाक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे।

उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभई पुँजीगति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए।

कार्यबहाक महासचिव ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको उल्लेख गरे।

प्रकाशित: १६ असार २०८० १२:५० शनिबार

प्रदीप ज्ञवाली