काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा मतगणना भइरहेको छ। १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ।
गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।
कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ। गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।
गोकर्णेश्वर नगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली काँग्रेस सन्तोष चालिसले ५८८, एमालेका पुण्य चौलगाईं ४१४ र माओवादीका टिअार नेपालले २६० प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेस ४९३, एमाले ४४६ र माओवादी २७६ मत पाएका छन्। टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १०७४ र एमाले ७११ प्राप्त गरेका छन् । उपमेयर पदमा भने नेपाली कांग्रेसले ८०७ र एमाले ७९९ ल्याएका छन् ।
तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले ९४, एमाले ८६, माओवादी ५७ र राप्रपा १७ प्राप्त गरेका छन् । यता उपमेयर पदका लागि नेपाली कांग्रेसले ९२, एमाले ९०, माओवादी ५२ र गाई १५ ल्याएका छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले १२९२, एमाले ५९०, माओवादी ६४४ र राप्रपाले ८१ ल्याएका छन् । त्यस्तै उपपमेयरमा भने नेपाली कांग्रेस ९०२, एमाले ६६१, माओवादी ७६० र राप्रपाले १० मत ल्याएको छ।
नागार्जुन नगरपालिकाको मेयरमा भने एमालेले अग्रता लिएको छ । मेयरमा एमाले ५९३ र नेपाली कांग्रेस ५७० मत ल्याएका छन् भने उपमेयर पदमा नेपाली कांग्रेस ३२० र एमाले ४२१ प्राप्त गरेका छन्। त्यस्तै किर्तिपुर नगरपालिका र दक्षिणकाली महानगरपालिका भने एमाले अग्रता लिएको छ।
कागेश्वरी मनोहरामा नगरपालिका मेयर पदमा एमालेले ६९६ र नेपाली कांग्रेसले ६४४ ल्याएका छन्। त्यस्तै उपमेयरमामा एमालेका ७१७ र नेपाली कांग्रेस ६४४ प्राप्त गरेका छन् ।
शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमाले ८५८, माओवादी ५७० र नेका ४०३ ल्याएका छन् । उपमेयरमा भने एमाले ९१५,माओवादी ६४४ र नेपाली कांग्रेसले ३५३ ल्याएका छन् ।
बुढानीलकण्ठ नगरपालिकामा भने मेयर पदमा एमालेले अग्रता लिएको छ । एमालेले १००३, नेपाली कांग्रेसले ६६८ र माओवादीदे १९३ ल्याएका छन् । त्यस्तै उपमेयरमा भने एमालेले ९८३, नेपाली कांग्रेस ६४३ र माओवादीले १८४ प्राप्त गरेको छ।
प्रकाशित: १ जेष्ठ २०७४ १३:३५ सोमबार