काठमाडौं – काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकामा अहिलेसम्म नेपाली काँग्रेसको अग्रता रहेको छ ।
अहिलेसम्म काँग्रेसका सन्तोष चालिसेले ५७, एमालेका पुण्यप्रसाद चौलागाईंले ४९, माओवादी केन्द्रका टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा काँग्रेसकी शान्ति नेपाल र एमालेकी शान्ति श्रेष्ठले बराबर ५६ मत पाएका छन् । माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले ५ मत प्राप्त गरेकी छन्।
प्रकाशित: १ जेष्ठ २०७४ ०८:५७ सोमबार