१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ। तस्विरः विजय गजमेर

काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो।

बिहान बसेको सर्वदलीय बैठकले बिहानको खानापछि मतगणना गर्ने निर्णय गरेको थियो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो। मतदाता संख्या २ लाख ७९ हजार ३०६ मतदाता छन्।

काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण छ। नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपाने पनि चर्चामा छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App