१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धादिङमा ५१ हजार मत खसेन

धादिङ- धादिङमा रहेका कुल मतदाता मध्ये ५१ हजार मत खसेन। २ लाख ६ हजार २ सय मतदाता रहेकोमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मात्रै मतदान गरेका छन्।

                निर्वाचन जिल्लाभर सौहार्दपूर्ण भएपनि मतदाता नामावलीमा नाम विग्रिएको कारण र मतदाता बैदेशिक रोजगारीमा रहेका कारण मत नखसेको हो ।

                जिल्लामा रहेका २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्रबाट मतदाताहरुले मतदान गरेका हुन् । सबै केन्द्रहरुमा हर्साेउल्लासका साथ मतदान सकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

                जिल्लाभर सोचेभन्दा सौहार्दपूर्ण ढंगबाट मतदान भयो । ‘छिटफुट रुपमा राजनीतिक दलहरुले नै अन्य दलले यस्तो गर्‍यो उस्तो गर्‍यो भन्ने भनेर टेलिफोन गरेको भएपनि मतदानमा कुनै समस्या भएन’ मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने ।

                दुर्गममा पर्ने उत्तरको रुवीभ्याली देखि दक्षिणको महाभारतमा पर्ने बेनिघाट रोराङसम्म सबै स्थानका केन्द्रहरुमा हर्साउल्लासका साथ मतदान कार्य सम्पन्न भएको उनले बताए । बृद्ध, अशक्त, गर्भवती मतदाताहरु पनि आफन्तको सहारामा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् ।

धादिङका १३ वटै स्थानीय तहको मतगणना सोमबार मात्रै हुने भएको छ । सम्बन्धित मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकामा ल्याएपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रुवीभ्याली गाउँपालिकाको बाहेक अन्य मतदान केन्द्रहरुको मतपेटिका आइतबार रातीसम्म संकलन भइसक्ने र रुवीभ्यालीको भने सोमबारसम्म संकलन गरिसक्ने कार्यालयले जनाएको छ । 

 

 

प्रकाशित: ३१ वैशाख २०७४ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App