१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले निर्वाचन सुरक्षाको लागि कुनै कमि नभएको बताए। ‘सार्वभौम जनताले आफ्नो अधिकार प्रयोग गरि स्थानीय सरकार निर्माण गर्ने यो स्वर्णिम अवसर हो। सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर आफ्नो मतको प्रयोग गरि निर्वाचनलाई सफल पार्न अपिल गर्छु’, निधिले भने।

मतदान केन्द्रमा तीन तहको सुरक्षा घेरा रहने उनले बताए। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी घेरामा नेपाली सेना परिचालन भएको प्रष्ट पारे। मतदानस्थल र मतदान केन्द्र सहित निर्वाचन हुने ३४ जिल्लाको सुरक्षा अवस्थाको सूचना संकलन र विष्लेशण गर्ने काम राष्ट्रिय अनुसन्धान विभागले गरिरहेको उनले बताए। निर्वाचनको लागि २२ हजार पाँच सय ७५ नेपाल प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र प्रहरी, ३ सय ८३ जना राष्ट्रिय अनुसन्धानबाट र २२ हजार ६ सय दुई जना म्यादी प्रहरी खटिएको गृहमन्त्रीले जानकारी दिए। उनका अनुसार ५ हजार सुरक्षाकर्मी व्याकअप फोर्सको रुपमा राखिएको छ।

पैदल, हवाई र हाइपोइन्ट सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रीले जानकारी दिए। उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारीका साथै मतगणना र मतपेटिकाको पनि उचित सुरक्षा मिलाइएको उनले बताए। निर्वाचन सुरक्षाको मनिटरिङको लागि आफु आइतबार विहान देखि मतदान नसकिए सम्म प्रहरी प्रधान कार्यालयमा बस्ने निधिले बताए।

प्रदेश नम्वर ३ का १७ सय ८० मतदान स्थल र ३४ सय ९० मतदान केन्द्रको सुरक्षाको लागि १० हजार ३ सय ७६ नेपाल प्रहरी, ८ हजार ९ सय ३५ सशस्त्र प्रहरी, १ सय ७५ राष्ट्रिय अनुसन्धान र १० हजार ५ सय ९० म्यादी प्रहरी खटाइएको निधिले बताए।

यस्तै प्रदेश नम्वर ४ का १२ सय ४७ मतदान स्थल र १९ सय ५२ मतदान केन्द्रको सुरक्षाको लागि ७ हजार ५४ नेपाल प्रहरी, ३ हजार ९ सय ७३ सशस्त्र प्रहरी, १ सय १५ राष्ट्रिय अनुसन्धान र ७ हजार ३५ म्यादी प्रहरी खटिएका छन्।

प्रदेश नम्वर ६ का ८ सय ९५ मतदान स्थल र ११ सय ९९ मतदान केन्द्रको सुरक्षाको लागि ५ हजार १ सय ४५ नेपाल प्रहरी, ४ हजार ४ सय ४८ सशस्त्र प्रहरी, ९३ राष्ट्रिय अनुसन्धानबाट र ४ हजार ९ सय ७७ म्यादी प्रहरी खटिएका छन्।

 

 

 

 

प्रकाशित: ३० वैशाख २०७४ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App