२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीले मागे विपक्षी दलसँग विश्वासको मत

कोशी प्रदेशका मुख्यमनत्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन्। प्रदेशमा राजनीतिक स्थायीत्वका लागि ५ वर्ष नै सहकार्य गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको तर्फबाट विश्वासको मत मागेका हुन्। 

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज १ बजेलाई बोलाइएको छ । विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीलगायत दलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका हुन् । 

कार्कीको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख छ । मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको पत्रमा प्रतिबद्धता जनाएका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत माग्दै  आएको पत्रबारे विपक्षी गठबन्धन दलहरूको बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।  

प्रकाशित: १४ असार २०८० ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App