१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलितलाई प्रमुख बनाउन कञ्जुस्याई

काठमाडौं— नयाँ संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरे पनि स्थानिय तहको निर्वाचनमा मुख्य पदमा दलित समुदायवाट प्रतिनिधित्व गराउन प्रमुख दलहरुले नै आनाकानी गरेका छन्।

प्रदेश नम्बर ३, ५ र ६ नम्बर प्रदेशमा हुन गईरहेको २ सय ८३ मा स्थानिय तहमा प्रमुख दलहरुले जम्मा १८ स्थानिय तहमा मात्रै दलितलाई नेतृत्वको अवसर दिइएको छ। जसमध्ये सबैभन्दा बढी नेकपा एमालेले, दोस्रोमा माओवादीले तथा नेपाली कांग्रेस, राप्रपा र संघीय फोरम र नयाँ शक्तिले १÷१ मात्रै उम्मेदवार उठाएका छन्।

संसदको दोस्रो ठुलो दल एमालेले दलित समुदायलाई प्राथमिकता दिने बिषयमा कांग्रेसलाई उछिन्नेको त छ तर जनसंख्या अनुपातमा दिन भने सकेको छैन । एमालेका नेता जीतु गौतमका अनुसार ६ जनालाई नगरपालिकाको मेयर र २ जनालाई गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनार्ईएको छ ।

‘दलितलाई प्रमुख पद दिन अझै कञ्जुस्याई गरेको देखिन्छ, यसले संविधानले उल्लेख गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई सम्वोधन गर्न अझै सकेको छैन,’ माओवादी केन्द्रका नेता तिलक परियार भन्छन, ‘दलितको नेतृत्व स्विकार गर्न अझै पनि पार्टीहरुले सकेको देखिदैन ।’ उनका अनुसार जनसंख्याको अनुपातमा दलितलाई प्रमुख पदमा जिम्वेवारी दिन प्रमुख दल नै चुकेका छन्।

सत्तारुढ नेपाली कांग्रेसले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा डिलबहादुर बिकलाई मेयरमा उठाएको छ भने उमाकुण्ड गाउँपालिकामा हिक्मत सुनवारलाई मात्र अध्यक्षमा उठाएको देखिन्छ । निर्वाचन हुन गईरहेका २ सय ८३ मध्य २ स्थानिय तहमा मात्रै दलितलाई प्रमुख पदमा उठाएको देखिएको हो।

‘१३ जनालाई चाँही उपमेयर र उपाध्यक्ष उठाएका छौ’ कांग्रेस नेता मिन बिश्वकर्माले नागरिकसँग भने, ‘वडा अध्यक्षहरु पनि उल्लेख्य रुपमा उठाएका छौं तर तथ्यांक आईपुगिसकेको छैन ।’ उनका अनुसार केन्द्रमा तथ्यांक आए पछि पार्टीको दलित प्रतिनिधित्व प्रस्ट हुनेछ।

संसदको दोस्रो ठुलो दल एमालेले दलित समुदायलाई प्राथमिकता दिने बिषयमा कांग्रेसलाई उछिन्नेको त छ तर जनसंख्या अनुपातमा दिन भने सकेको छैन । एमालेका नेता जीतु गौतमका अनुसार ६ जनालाई नगरपालिकाको मेयर र २ जनालाई गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनार्ईएको छ । जो पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

एमालेले जाजरकोटको त्रिवेणी नलगाढ नगरपालिकामा नबेन्द्र नेपाली, सुर्खेत पञ्चपुरी नगरपालिकामा मदनबहादुर बिक, सुर्खेत कै लेकबेसी नगरपालिकामा गगनसिंह सुनार, बाग्लुङको ढोरपाटन नगरपालिकामा देवकुमार नेपाल, बैतडीको पाटन नगरपालिकामा नरेश बिक र डडेल्धुराका परशुराम नगरपालिकामा चक्र स्नेही बिकलाई मेयरको उम्मेदवारको रुपमा उठाएको छ । त्यसैगरी, दोलखाको बिगु गाउँपालिकामा सुन्दर लामिछाने बिकलाई उठाएको एमालेले अछामको मल्लेख गाउँपालिकाको अध्यक्षमा डम्बर नेपालीलाई उठाएको छ । ‘दलितलाई अन्य दलको तुलनामा एमाले अवसर दिएको तथ्यांकले नै देखाएको छ’ गौतम जिकिर गर्छन्।

यसैगरी, नेकपा माओवादी केन्द्रले एमाले भन्दा एक कम अर्थात २ जनालाई मेयर÷अध्यक्षमा उम्मेदवारी दिलाएको छ । जसअनुसार डोल्पाको त्रिपुरासुन्दरीमा नगरपालिकामा रामलाल बिक छन, जो कांग्रेसका एक मात्र दलित उम्मेदवार डिलबहादुर बिकसँग प्रतिस्पर्धा गर्दैछन्।

सुर्खेत चौकुने गाउँपालिकाको अध्यक्षमा खडगबहादुर बिक, मुस्ताङको थासाङ गाउँपालिकामा बिशाल बिक, लम्जुङको मस्र्याङदी गाउँपालिकामा होमबहादुर बिक, रामेछापको उमाकुण्ड गाउँपालिकामा मदन कालिकोटे बिक र बाग्लुङको तमाङखोला गाउँपालिकामा सुर्य श्रीपाइलीलाई उठाएको नेता तिलक परियारले जानकारी दिए । उनका अनुसार दलित समुदायका १३ जना नगरपालिका र गाउँपालिकाको प्रमुखमा प्रतिस्पर्धी भएर चुनाव लडदैछन्।

राप्रपाले भने सल्यानको दार्मा गाउँपालिकामा आलिसा नेपालीलाई मेयरको उम्मेदवार बनाएको छ भने संघीय समाजवादी फोरम नेपाल÷नयाँ शक्ति पार्टी नेपालले कास्कीको अन्नपुर्ण गाँउपालिकामा कर्णबहादुर नेपालीलाई मेयरको उम्मेदवार बनाएको छ ।

प्रकाशित: २८ वैशाख २०७४ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App