२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ: सांसद पौडेल

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन।

आज संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले यस्तो कुरा बताएका हुन। उनले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भए पनि बजेट पास गर्ने बताए। उनले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानुनी रुपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए।

सांसद पौडेले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकमान्तर गरेर भए पनि बजेट पास गर्नुको विकल्प नभएको जानकारी दिए। उनले  गठबन्धन भित्रका केही सांसदहरूले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे।

उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए। सांसद देवेन्द्र पौडेलले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने जानकारी दिए।उनले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समीकरण बनाउने निर्णय नगरेको बताए। उनले एमाले काँग्रेसको समीकरण बन्ने कुरा हल्ला मात्रै भएको बताए। 

उनले सरकारले भ्रष्टाचारको छानबिन कुनै दल विशेषलाई केन्द्रित गरेर अनुसन्धान प्रक्रिया अघि नबढाएको बताए। उनले आम नागरिकको आवाज भ्रष्टाचारजन्य विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महसुस भएकाले जनताको आवाजलाई सरकारले निष्पक्ष रुपमा सुनुवाइ गर्न खोजेको जानकारी दिए। 

प्रकाशित: १२ असार २०८० १३:१४ मंगलबार

बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ: सांसद पौडेल