१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावी घोषणापत्रमा खेललाई प्रथामिकता

जुम्ला – स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलका उम्मेदवारले खेलकुदको क्षेत्रमा आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । उनीहरूले गाउँपालिका र नगरपालिका क्षेत्र स्तरका खेलकुदका संभावनालाई दृष्टिगत गर्दै एजेण्डा सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि बनेका घोषणा पत्रमा खेलकुदलाई प्रथामिकतामा पारेका हुन । मुख्य तिन दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले खेलकुदको विकास गरी खेलकुद पर्यटनलाई अघि बढाउने प्रतिबद्धता गरेका हुन् । 

चन्दननाथ नगरपालिका खलंगाकी मेयरकी उम्मेदवार कान्तिका सेजुवाल खेलकुदको विकास बिना अन्य विकास अपुरो हुने बताउँदै आएकी छिन । उनले घोषणा पत्रमा कर्णालीको चितुवा धावक हरी बहादुर रोकायको योगदानको मुल्यांकन गर्दै  हरि बहादुर म्याराथुन मार्ग निर्माण गरी अघि बढ्ने संकल्प गरेको उल्लेख गरेकी छिन् । 

एक खेल, एक प्रशिक्षकको अवधारणा अघि सार्ने र युवालाई क्षमता र दक्षताका आधारमा रोजगारीको ग्यारेण्टी गर्ने प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ । बाचा गरेकी हुन् । आधुनिक सूचना प्रविधि केन्द्र स्थापना गरी नगर क्षेत्रमा निःशुल्क वाइफाइ राखिनेमा जोड दिइएकी हुन् ।  यस्तै नेकपा एमालेका चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार शान्तिलाल महतले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई साकार पार्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले युवाहरुलाई सुविधा सम्पन्न प्रादेशिक स्तरको हाई अल्टीच्युड टेर्निङ्ग सेन्टरको निर्माणमा जोड दिइएका छन् । विगत लामो समयदेखि जुम्लालाई हाई अल्टीच्युड तालिम केन्द्रका रुपमा स्थापित गर्ने भनिएपनि आफूले मेयरमा विजयी भए कार्यन्वयनमा लैजाने प्रण गरेका छन् ।  

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार अशोककुमार श्रेष्ठले चन्दननाथ नगरपालिका भित्र राष्ट्रिय रंगशाला निर्माण गर्ने योजना अघि सारेका छन । उनले जुम्लालाई खेलकुदको केन्द्रका रुपमा स्थापित गर्ने बताएका छन् । खेलाडीको मनोवल उँचो बनाउन उचित पारीश्रमिक र स्वास्थ्य बिमा गर्ने उनले घोषणा पत्रमार्फत सार्वजनिक गरेका छन् । 

यस्तै यहाँका प्रत्येक गाउँपालिकाले निकालेको घोषणा पत्रमा खेलकुदलाई विशेष ढंगले समेटिएको छ । खेलकुद क्षेत्र मार्फत यहाँको पर्यटकीय स्थलको संरक्षण गर्ने अभियान थाल्ने दलका स्थानिय चुनावी घोषणा पत्रले बताइसकेका छन् । घरघरमा खेलाडी गाउँगाउँमा खेलकुद मैदानको अवधारणालाई अघि बढाइएकोछ । यहाँका शैक्षिक संस्थामा खेलकुद शिक्षा अनिवार्य बनाउने र उत्पादित खेलाडीलाई उचित सम्मान र हौसला प्रदान गरिने स्थानिय घोषणा पत्रमा समेटिएको छ । खेल क्षेत्रको विकास गरी समग्र जिल्लाको विकास गर्ने लक्ष राखिएको छ ।

 

प्रकाशित: २५ वैशाख २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App