१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्षका उम्मेदवार नै निर्वाचन कर्मचारी !

दोलखा- स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बनेका ब्यक्तीलाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयले चुनावमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीका वडाध्यक्ष उम्मेदवार घनश्याम सेढाईलाई सोही गाउँपालिकाको १ नम्बर वडा स्थित गाविस भवन (क) मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाईएको हो। शुक्रबार बिहान जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरका मतदान केन्द्रहरुमा खटाईएका कर्मचारीको नामावलीमा उनको नाम प्रकाशन गरेको हो।

जागरण भिमेश्वर प्रावि भिमसेनस्थान सुन्द्रावतीका प्रावि शिक्षक रहेका सेढाई नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। उम्मेदवार हुनु अघि शिक्षा कार्यालयमा राजिनामा दिएका थिए।

जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले राजिनामा दिएको जानकारी जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई नआएका कारण उनको नाम प्रकाशित भएको हुन सक्ने जानकारी दिए। ‘यस बारेमा बुझेर निर्णय गर्छौ’ उनले भने।

प्रकाशित: २२ वैशाख २०७४ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App