९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

रविले सर्मथकलाई भने- 'सामाजिक संजालमा गालिगलौज नगर्नुस्, नेतालाई असर गर्छ'

पार्टीका समर्थकले सामाजिक संजालमा तल्लो स्तरको गालीगलौजमा उत्रिएको भन्दै आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यसो नगर्न आग्रह गरेका छन्।  

रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन्।  

सभापति लामिछानेले यसरी गाली गलौजमा उत्रिदा पार्टी र दलका नेतालाई असर गर्ने बताउँदै उनले यस्तो बताएका हुन्।  

उनले भने–'हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ। हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने? हामीले घृणा फैलाउने होइन। आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्।'

प्रकाशित: ९ असार २०८० ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App