११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले काठमाडौं मेयर उम्मेदवार बनाएका जोशी को हुन्?

कांग्रेसका लागि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार राजुराज जोशी।

काठमाडौं—नेपाली कांग्रेसले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने तय गरेको छ। मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय नेता सम्मिलित बैठकले जोशीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

काठमाडौंको मेयरमा पार्टीका तर्फबाट अाफ्नो दाबी राख्दै यसअघि उनले बागमती, विष्णुमती मुहानदेखि नै सफा गर्ने, अाईटी हव निर्माण गरी वर्षको २० हजार युवालाई रोजगारी प्रदान गर्ने योजना सार्वजनिक गरेका थिए।

काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो। उनीहरु दुवै जनाले मेयर उम्मेदवार अस्वीकार गरेपछि राजुराज जोशीको नाम छनौट भएको हो। मन्त्रीद्वय थापा र जोशीले उनलाई सहयोग गर्ने वचन दिएको कांग्रेस स्रोतले जनायो।

२०३५ सालदेखि नेविसंघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका जोशी हाल कांग्रेस महासमिति सदस्य हुन्। उनी २०४७ सालमा काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह हुँदा उनी सचिव थिए। २०४९ को स्थानीय निर्वाचनमै पार्टीको तर्फबाट मेयरको दाबेदार रहेका उनी पीएल सिंहको उम्मेदवारीपछि पछि हटेका थिए। कांग्रेसभित्र उनी प्रकाशमान सिंह निकट मानिन्छन्।

काठमाडौंमा कांग्रेसको संगठन विस्तारका लागि मुख्य योगदान गर्ने मध्येका एक उनी उद्योगमन्त्री नवीन्द्रराज जोशीका आफ्नै दाइ हुन्।  

काठमाडौंको मेयरमा पार्टीका तर्फबाट अाफ्नो दाबी राख्दै यसअघि उनले बागमती, विष्णुमती मुहानदेखि नै सफा गर्ने, अाईटी हव निर्माण गरी वर्षको २० हजार युवालाई रोजगारी प्रदान गर्ने योजना सार्वजनिक गरेका थिए। सोसलिष्ट इन्टरनेशनल संस्थासँग अावद्ध उनको अन्तरार्ष्ट्रिय सञ्जाल राम्रो मानिन्छ।

कांग्रेसले काठमाडौं महानगरपालिकाको उपमेयरमा हरिप्रभा खड्कीलाई उम्मेदवार चयन गरेको छ।

प्रकाशित: १९ वैशाख २०७४ ०८:४९ मंगलबार

कांग्रेसले काठमाडौं मेयर उम्मेदवार बनाएका जोशी को हुन्