१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

धादिङ- स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलका कार्यकर्ताले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता धम्क्याउन थालेको गुनासो नागरिकले गरेका छन्। निर्वाचनमा आफ्नो पार्टीमा उम्मेदवारलाई भोट हाल्न दबाब दिँदै दलका कार्यकर्ता रातसाँझ घरघरमै गस्ती गरेर मतदाता धम्क्याउँदै हिँडेका छन्। नीलकण्ठ नगरपालिका-१ पत्ले धुसेनीका बासिन्दाले दलका रात्रि गस्तीले हैरान भएको बताएका छन्।

माओवादी केन्द्रका कार्यकर्ताले धुसेनी आसपास (साबिकको खाल्टे गाविस) मा संकटकालमा आर्मी–पुलिसले जस्तै गस्ती गरेर गाउँ त्रसित बनाएको गुनासो स्थानीयको छ। 'हामी केन्द्र माओवादी हौं, हाम्रो पार्टीका उम्मेदवारलाई भोट नहाल्ने भए तपाईंलाई भोट हाल्न जान दिन्नैं, भीरबाट ढुंगा लडाएर मार्छांै' भन्दै एक समूहले आतंक मच्चाएको स्थानीय मनोज गुरुङले बताए।

उम्मेदवारहरूले 'मैले चुनाव जित्ने हो, मलाई भोट हालिनस् भने तेरो भत्ता कटौती गरिदिन्छु' भन्दै वृद्धवृद्धालाई समेत थर्काउने गरेको स्थानीयले गुनासो गरेका छन्।

 'साँझ परेपछि गस्ती गर्ने, घरका मानिस छन् कि छैनन् भनेर लाठी लिएर आएकाले सोधीखोजी गर्ने र आफ्नो पार्टीलाई भोट नहालेमा भूकम्पले भत्किएर बनाउँदै गरेको घर पास हुन नदिने' कुरा गरेर आफूहरुलाई आतंकित पारेको गाउँलेले बताए।

प्रकाशित: १९ वैशाख २०७४ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App