१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

साझा पार्टीबाट काठमाडौं उपमेयर उम्मेदवारमा निरुपमा यादब

साझा पार्टीको तर्फबाट काठमाडौं महानगरपालिका उपमेयरकी उम्मेदवार निरुपमा यादब।

काठमाडौं— रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार चयन गरेको छ। केन्द्रीय समिति सदस्य तथा अधिवक्ता निरुपमा यादबलाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको हो।

महानगरको क्षेत्राधिकारभित्रका विवादको निरूपण गर्न उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ। मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारीरूपमा सम्पादन गर्नुपर्ने गहन कानुनी जिम्मेवारी जोडिएको उप-मेयरको पद आफ्ना लागि अनुकूल भएको उनले बताएकी छिन्।

सप्तरीमा जन्मिएकी, बाँकेमा हुर्किएकी, विवाहपछि मोरङसँग सम्बन्ध जोडिएकी एवं काठमाडौं कार्यथलो बनाएकी कामपा १४ निवासी यादवले देशको राजधानीको उपमेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौंलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरेको जनाएको छ। १५ वर्षदेखि अधिवक्ताको रुपमा कार्यरत उनले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिको सदस्यको रुपमा काम गरिकी छिन्।

मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा काम गरेको अनुभव उनीसँग छ।

महानगरको क्षेत्राधिकारभित्रका विवादको निरूपण गर्न उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ। मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारीरूपमा सम्पादन गर्नुपर्ने गहन कानुनी जिम्मेवारी जोडिएको उप-मेयरको पद आफ्ना लागि अनुकूल भएको उनले बताएकी छिन्।

साझा पार्टीले पूर्वसचिव एवं २०३१ सालका एसएलसी बोर्ड टपर किशोर थापालाई काठमाडौंको मेयरको उम्मेदवार घोषणा गरिसकेको छ। 'किशोर थापाजस्तो शहरी विकास विज्ञसँग काम गरेर काठमाडौँ सफा, सुरक्षित र विश्वमै गर्व गर्न योग्य सहरका रूपमा रूपान्तरण गर्ने मेरो लक्ष्य छ', उनले भनेकी छिन्।

नयाँ आउने मेयर तथा उप-मेयरले शहरी योजना र व्यवस्थापनका विविध क्षेत्रमा लिने निर्णयले यहाँका बासिन्दाको जीवनको गुणस्तर र काठमाण्डौं महानगरको भविष्य निर्धारण गर्नेछ। यो वास्तविकतालाई सम्मान गर्दै काठमाण्डू महानगरपालिकाको उप-मेयरका लागि निरूपमा यादव हरेक हिसाबले उपयुक्त उमेदवार भएको साझा पार्टीले दाबी गरेको छ।

निर्वाचन कानुनका कारण उनको उम्मेदवारी स्वतन्त्र हैसियतमा हुनेछ।

प्रकाशित: १० वैशाख २०७४ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App