बरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ। यही असार तीन गतेदेखि बरिष्ठ सचिवबाट अनिवार्य अवकाशमा जान लागेका अर्याललाई सरकारले आज मुख्यसचिवमा नियुक्त गरेको हो।
बिहिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ। असोजमा अवकाश पाउन लागेका मुख्य सचिव शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकार नियुक्त गरिएको मन्त्रिपरिषद् स्रोतले बतायो।
प्रकाशित: ३२ जेष्ठ २०८० ०४:४२ बिहीबार