२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक जारी, डा. अर्याललाई मुख्यसचिव बनाउने तयारी

फाइल तस्बिर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका हुन्।  

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ। यसैबारे निर्णय गर्न बैठक बसेको बताइएको छ।  

प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल नसकिँदै सरकारले अर्को मुख्यसचिव नियुक्तिकोे तयारी गरेको छ। मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म छ तर डाक्टर अर्याल यही असार ३ गते अवकाशमा जाँदै छन्। अवकाश पाउनु अघि नै उनलाई मुख्यसचिवमा नियुक्त गरिने तयारी भएको हो।  

प्रकाशित: ३२ जेष्ठ २०८० ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App