५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उपचारका लागि सिङ्गापुर जाँदै कांग्रेस सभापति देउवा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएका छन्।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए। सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि जानेछन्।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन।

प्रकाशित: ३० जेष्ठ २०८० १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App