२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दलित महिला उम्मेदवार खोज्दै दलहरु

इलाम – स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेद्वार बनाउनुपर्ने प्रावधान भए पनि केही राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ । १० वटा स्थानीय तहमा रहेको इलाममा ८१ वडा छन् । 

‘सकभर दलित महिलाकै उम्मेदवारी दिन्छौँं।

प्रत्येक राजनीतिक दलले एक/एक दलित महिला उम्मेदवार बनाउनुपर्ने प्रावधान छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ दल दर्ता भएकामा आठ दलले मात्रै चुनावी चिन्ह पाउने भएका छन् । चुनावमा भाग लिने सबै दललाई अनिवार्य दलित महिला उम्मेदवार पाउन समस्या परेको हो । 

नेपाली काँग्रेसले दलित महिलालाई उम्मेदवार उठाउन समस्या नभएको जनाएको छ । उम्मेदवार नै नपुग्ने भन्ने समस्या छैन् तर अन्य उम्मेदवार जस्तो सुरूमा चर्चा त हुँदैन्, काँग्रेस जिल्ला सचिव खगेन्द्र देवानले भने । 

नेकपा एमालेको भातृ सङ्गठन मुक्ति समाजले प्रत्येक वडाको सम्भावित उम्मेदवारको सूची तयार पार्दैछ । प्रत्येक वडाबाट दुईदेखि सात जनासम्म सम्भावित दलित उम्मेदवारको सूची तयार पारेको अध्यक्ष नवराज शङ्करले बताए । इलाममा एमालेका नौ हजारजनाले पार्टीको सदस्यता लिएकामा एक हजार तीन सय ७७ जना दलित समुदायका रहेको सो दलले जनाएको छ । 

नेकपा माओवादी केन्द्रले दलित महिला उम्मेदवार नभएको वडामा अल्पसङ्ख्यकबाट उम्मेदवारी दिने बताएको छ । ‘सकभर दलित महिलाकै उम्मेदवारी दिन्छौँं,’ केन्द्रका इञ्चार्ज धीरेन्द्र शर्माले भने ‘दलित महिला नभएको ठाउँमा अल्पसङ्ख्यक महिलालाई उम्मेदवार बनाउछौँ । 

राप्रपाले पनि जिल्लाभर दलित महिलालाई उम्मेदवारी दिन पर्याप्त कार्यकर्ता भएको दाबी गरेको छ । राप्रपा अध्यक्ष हरि श्रेष्ठले कुनै ठाउँमा दलित महिला कोटामा उम्मेदवारी दिन समस्या भए पनि अधिकाशं ठाउँमा उम्मेदवारी दिने बताए। काँग्रेस, एमाले र माओवादी बाहेकका साना दललाई भने दलित महिलालाई उम्मेदवार बनाउन समस्या भएको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले स्थानीय तह सम्बन्धी निर्वाचन ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार अनिवार्य रूपमा दलित महिला नै उठाउनुपर्ने बताए । ‘दलित महिलाको उम्मेदवारी नै नपरेको ठाउँ खाली रहन्छ, उनले भने । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App