१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एकता र समृद्धिको बनोस् नयाँ वर्ष : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्न सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेकी छिन्। नयाँ वर्ष २०७४ का अवसरमा  बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लोकतन्त्र संस्थागत गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको जनाएकी हुन्।

संघारमै आएको स्थानीय तह निर्वाचनप्रति मौन रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ, 'नयाँ जोश, उमंग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष, २०७४ ले राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस्।'

राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी रहेको पनि उनले उल्लेख गरेकी छिन्।

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलले पनि छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक संविधान कार्यान्वयनमार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्ने बताएका छन्।

 

प्रकाशित: १ वैशाख २०७४ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App