५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीको चाङ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध थुप्रै उजुरी परेका छन ।  

संसदीय सुनुवाइ समितिले आज सम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन सक्ने समय दिएको थियो।  

आज अन्तिम दिन उनी विरुद्ध  २९ वटा उजुरी परेको  सुनुवाइ समितिको सचिवालयले बताएको छ ।  प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई  २०८० वैशाख १५ मा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हाे ।  

कार्कीविरुद्धको उजुरी खोल्नका लागि आगामी आइतबार सुनुवाइ समितिको बैठक बोलाउने तयारी छ। प्राप्त उजुरीउपर अध्ययन गरेपछि सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाउनेछ। संसदीय सुनुवाइ सकिएपछि मात्र नियुक्तिका लागि बाटो खुल्छ।

प्रकाशित: २६ जेष्ठ २०८० १४:१७ शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीको चाङ