६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भयो: गोकर्ण विष्ट

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उहाँले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन्।

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।

सचिव विष्टले भने, ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ। आज विधि र न्याय स्थापित भएन। एउटा भनाइ छ–लथालिंग देशको, भताभंग चाला। जो जसले सक्छ, उसले खाला। आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ। आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो। आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन। यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिदैन। र, एउटा भनाइ छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन।’

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए।  

प्रकाशित: २६ जेष्ठ २०८० ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App