१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले भने: सीमाबारे कहीँ पनि विकल्प दिएको छैन्,कन्फ्युज नहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले सीमाबारे आफूले विकल्प नदिएको र  कन्फ्युज नहुँन पनि आग्रह गरेका हुन्।

दाहालले भने,  ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन। प्रष्ट होस्, कहीँ कोही कन्फुजन नहोस्।'

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्नु सबैभन्दा ठूलो कुरा हो भन्नेमा आफू स्पष्ट रहेको पनि बताएका छन्। 

प्रकाशित: २२ जेष्ठ २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App