काठमाडौं—प्रहरी नियन्त्रणबाट रिहा हुन नमानेपछि नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। नेपाल पुलिस क्लबभित्रै धर्ना बसेका उनलाई सुरक्षाकर्मीले दुर्व्यवार गरेको सहयोगी नयाँ शक्तिका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
'हामीलाई जबर्जस्ती पक्राउ गरेर यहाँ ल्याइयो। अहिले जबर्जस्ती धपाउन खोजियो', यमीले नागरिकन्युजसँग भनिन्, 'बाघले बाख्रा झम्टे जसरी बाबुरामलाई खेद्ने काम भयो।'
शान्तिपूर्ण धर्नामा संयोजक भट्टराई सहितका नेताहरूलाई प्रहरीले दुर्व्यवहार गरेको उनले बताए।
चुनाब चिन्ह माग गर्दै निर्वाचन आयोगमा धर्ना दिन जाँदा प्रहरीले उनीसहित नयाँ शक्ति नेताहरुलाई नियन्त्रणमा लिएको थियो।
नयाँ शक्ति नेतृ हिसिला यमीले प्रहरीले जबर्जस्ती गर्न खोज्दा स्थिति तनाबपूर्ण बनेको हो। 'हामीलाई जबर्जस्ती पक्राउ गरेर यहाँ ल्याइयो। अहिले जबर्जस्ती धपाउन खोजियो', यमीले नागरिकन्युजसँग भनिन्, 'बाघले बाख्रा झम्टे जसरी बाबुरामलाई खेद्ने काम भयो।'
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर नेपाल पुलिस क्लब पुर्याएको थियो। प्रहरीले रिहाई गर्न खोज्दा पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रहरी कार्यालयभित्रै शान्तिपूर्ण धर्ना सुरु गरेका थिए। प्रहरी स्रोतका अनुसार आइतबार साँझ कार्यालय छोड्न आग्रह गर्दा विवाद भएको हो।
डा. भट्टराईले आफूहरु धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने अडान लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले भट्टराईमाथि लछारपछार गर्दै दुर्व्यवहार गरेको नेता पाण्डेले बताए।
नेपालको संविधानको धारा २६९ (७०)(७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनु पर्ने प्रावधान विपरित स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको उनीहरुको भनाई छ।
प्रकाशित: २० चैत्र २०७३ १४:०३ आइतबार