५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा छ आवासीय राजदूतलाई गैर आवासीय राजदूतको जिम्मेवारी

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले छ जना आवासीय राजदूतहरूलाई थप देशको जिम्मेवारी समाल्ने गरी गैर आवासीय राजदूतमा नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयबाट आइतबार जारी विज्ञप्ति अनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलि, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई राजदूतमा नियुक्त गरेका छन्।

त्यस्तै गणतन्त्र काजखस्तान, डेनमार्कका राजदूत प्रा.डा राम स्वार्थ रायलाई लिथुआनिया र इजिप्टका राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैर आवासीय राजदूतमा नियुक्त गरेका छन्।

प्रकाशित: २१ जेष्ठ २०८० ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App