१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन।

आज नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने धारणा राखे।

सभापति देउवाले आफु सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए।

उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे।देउवाले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने पनि बताए ।सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने धारणा राखे। 

प्रकाशित: २० जेष्ठ २०८० ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App