९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘अखण्ड भारत’ मा नेपाली भूभाग राखिएपछि डा. भट्टराईकाे चेतावनीः द्विपक्षीय सम्बन्ध बिगार्न सक्छ

नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन्। यस भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने चेतावनी डा. भट्टराईले दिएका हुन्।  

मंगलबार एक सामाजिक संजालमार्फत् उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावबारे समयमै जानकारी दिनुपर्ने पनि बताएका छन्।  

भारतको नयाँ संसद् भवनमा राखिएको उक्त भित्तेचित्रमा नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई पनि समेटिएको छ भने भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई पनि स्पष्ट देखाइएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र  प्रभावलाई बेलैमा बताउनु उपयुक्त हुन्छ।’

भारतले केही दिनअघि मात्रै उक्त संसद् भवन उद्घाटन गरेको हो। उक्त भवनमा राखिएको भित्तेचित्रबारे नेपाल र पाकिस्तानमा आलोचनाहरु भइरहेका छन्।  

 

प्रकाशित: १६ जेष्ठ २०८० ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App