५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद्लाई ५ करोड छुट्याउनु आवश्यक थिएनः राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको बताएका छन्। बजेट भाषणपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले समग्रमा बजेट राम्रो भएको प्रतिक्रिया दिँदै आर्थिक संकटलाई समाधान गर्ने बजेट आएको बताए।  

उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताए। उनले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताएका थिए।

उनले भने, ‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ। जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले। आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ। सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन।’

प्रकाशित: १५ जेष्ठ २०८० १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App