५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेटको समर्थन गर्न सकिँदैनः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन्।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए। उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए। उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए।  

उनले भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन। सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ। सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन । शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन।’

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताए। 

प्रकाशित: १५ जेष्ठ २०८० १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App